Section 34
खारेजी र त्यसको परिणाम
(१) राजमार्ग (निर्माण व्यवस्था) ऐेन, २०२१ र सो ऐन अन्तर्गत बनेको नियम खारेज गरिएको छ ।
(२) यो ऐन लागू हुँदाको बखत राजमार्ग (निर्माण व्यवस्था) ऐन, २०२१ अन्तर्गत प्राप्त गरेको कुनै जग्गाको क्षतिपूर्ति दिन बाँकी नै रहेको भए सोही ऐनबमोजिम क्षतिपूर्ति दिइनेछ ।